दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन : स्थानीय बासिन्दालाई उपचार सहज

 असार ८, २०७८ मंगलबार १२:२९:११ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको बङ्गलाचुली गाउँपालिकाले १५ शय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ । आधारभूत स्वास्थ्य सुविधाबाट समेत वञ्चित पहाडी क्षेत्र बङ्गलाचुलीमा अस्पताल निर्माण भएपछि स्थानीय बासिन्दालाई उपचारमा सहज भएको छ।

केन्द्र सरकारसँगको साझेदारीमा १५ शय्याको अस्पताल सञ्चालन भएपछि नागरिकलाई सहज भएको हो । बङ्गलाचुली गाउँपालिकाका साविकका पहाडी गाविस काभ्रे, लोहारपानी, हाँसीपुर र स्युजा तथा छिमेकी जिल्ला प्युठानका स्थानीयवासीले समेत लिन सक्ने भएका छन् ।

अस्पताल नहुँदा सामान्य बिरामी हुँदा पनि उपचारका लागि पनि सदरमुकाम घोराही जानुपर्ने बाध्यता थियो । प्रयोगशाला, एक्सरे र दक्ष चिकित्सकसहितको उपचार सेवा सुरु गरिएको बङ्गलाचुली गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षमा बङ्गलाचुली गाउँपालिकाले अस्पतालसहित स्वास्थ्यचौकी नभएका चार वटा वडामा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरी सेवा सुरु गरेको पालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया