दाङ : सहकारीको पाँच करोड बढी रकम हिनामिना गरेको मुद्दामा चार जनालाई थुनामा राख्न आदेश

 असार १४, २०७८ सोमबार ८:३:५७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा सहकारीको पाँच करोड रुपैयाँ बढी रकम हिनामिना गरेको मुद्दामा जिल्ला अदालतले चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । 

राप्ती गाउँपालिका वडा नम्बर ८ मा रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाका सह–लेखापाल विक्रम राना, ऋण फाँटका प्रमुख प्रताप चौधरी, ऋण फिल्ड सहायक मणिराम भण्डारी र लेखापाल विकास न्यौपानेलाई अदालतले हिजो पुर्पक्षका लागि थुनामा पठाएको हो । 

जिल्ला न्यायाधीश ऋतेन्द्र थापाको इजलासले सह–लेखापाल रानाकी श्रीमती उषा राना थापालाई भने साधारण तारेखमा छोड्न आदेश दिएको छ । अरु २० जना फरार सूचीमा छन् । सहकारीका सदस्यहरूले आफूहरुको पाँच करोड बढी रकम हिनामिना गरेको भन्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका छन् । 

तर, गाउँपालिकाका अध्यक्ष सुवेदीले विगत ५ वर्षयता सहकारीको कुनै पनि पदमा नरहेको जानकारी गराउनुभएको छ । साथै रकम हिनामिना गरेको पुष्टि भए दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको  छ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया