राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति

 असार २३, २०७८ बुधबार १८:८:३ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङकाे देउखुरीको राप्ती नदीमा आएको बाढीले नेपालकाे दोस्रो लामो पुलमा क्षति पुर्‍याएकाे छ । पुलको छेउछाउमा बाढीले क्षति पुर्‍याएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको राप्ती र गढवा गाउँपालिका जोड्ने पुलको लम्बाइ आठ सय ६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ । 

२०७७ माघ १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण भइसकेकाे ६ महिना बितिसकेपछि उद्घाटन गर्नुभएकाे थियाे । 

राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते शिलान्यास गर्नुभएकाे थियाे । 

नेपालको सबैभन्दा लामो पुल बर्दियाको कोठियाघाटमा रहेकाे कर्णाली नदीमा छ । यस पुलकाे लम्बाइ एक हजार १५ मिटर छ जसलाई ‘गेरुवा पुल’ पनि भनिन्छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया