दाङ : पोल र तार टाँगेकाे एक वर्ष बित्दा पनि उपल्लो मालेबासी अँध्यारोमा

 फागुन ७, २०७८ शनिबार १२:११:१९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - घोराही उपमहानगरपालिका–१ उपल्लो मालेबासीमा तार र पाेल टाँगेकाे एक वर्ष बितिसक्दा पनि स्थानीयले बिजुली बाल्न पाएका छैनन्। बिजुली बाल्न मिटर बक्स नपाउँदा झण्डै ६० घरपरिवारले बत्ती बाल्न नपाएका हुन् ।

बिजुली नहुँदा अँध्यारोमा बस्नुपर्ने र मोबाइल चार्ज गर्न एक घण्टा उकालो/ओरालो गरी सिमलतारा बजारमा पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाको गुनासो छ । 'पोल र तार तानेको वर्ष बित्यो तर बिजुली नबल्दा देखाउनकै लागि पोल र तार तानेको जस्तै भयाे।' मालेगाउँकी धनी तिवारीले बताउनुभयो ।

बत्ती बाल्ने आशामा घरमा वाइरिङ गरी मिटर बक्सका लागि २५ सय रुपैयाँ दिइसके पनि मिटर बक्स पाउन नसकेको स्थानीयको गुनासो छ । मिटर बक्स नराखेकाले बत्ती दिन नसकेको विद्युत् कार्यालयले बताउने गरेको मालती पुनले बताउनु भयाे। 

‘गाउँमा विद्युत् आएपछि खुशी लागेको थियो । तर पोल गाड्न एक वर्ष लाग्यो । गएकाे वर्ष तार तानेपछि बत्ती आयो तर बाल्न पाएका छैनौँ’ पुनले भन्नुभयो– ‘जसले गर्दा मोबाइल चार्ज गर्नसमेत एक घण्टा हिँडेर सिमलतारा जानुपर्ने बाध्यता रहेको छ।’ 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया