दाङको देउखुरीमा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा 'डिस्पोज' गर्ने तयारी

 फागुन ८, २०७८ आइतबार १०:१२:३८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - देउखुरी लमही रिहार सडक खण्ड अन्तर्गत लमही  नगरपालिका-७ को पद्मिनी खोलादेखि २ सय मिटर पश्चिम सडक छेउमा शङ्कास्पद वस्तु फेला परेको छ । 

प्रेसर कुकरमा तारले जेलिएर राखिएकाे अवस्थामा शङ्कास्पद वस्तु फेला परेको हाे । 

गएराति गाडी चालकले शङ्कास्पद वस्तु  देखेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयाे । 

अहिले घटनास्थलमा नेपाली सेनाकाे बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना रहेका छन् । अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रेसर कुकरमा नो एमसीसी लेखिएको छ । प्रेसर कुकर कस्ले राख्यो भन्ने नखुलेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया