न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट

 फागुन ८, २०७८ आइतबार ११:१७:४५ | हेमराज शर्मा
unn.prixa.net

काठमाण्डाै - न्याय सम्पादनको आधारमा दाङ जिल्ला अदालत देशभरकै उत्कृष्ट भएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९ को जिल्ला अदालतको अर्ध वार्षिक प्रगति समीक्षामा धेरै मुद्दा फर्स्याैट  गरेको आधारमा  सर्वोच्च अदालतले दाङ जिल्ला अदालतलाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

सर्वोच्च अदालतले जिल्ला अदालतहरुले औसत फर्स्याैट ३५ प्रतिशत हुनुपर्नेमा दाङ जिल्ला अदालतले ६ महिनामा ४३ प्रतिशत मुद्दा फर्स्याैट गरेको भन्दै न्याय सम्पादनमा देशकै पहिलो जिल्ला अदालतमा परेको श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

सामान्यतयाः एकजना न्यायाधीशले वर्षमा पाँच सय मुद्दा फर्स्याैट गर्नुपर्नेमा दाङ जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले छ महिनामै ५ सय ४४, हिमलाल बेलबाँसेले पाँच सय ४६ र डिल्लीराम शर्माले पाँच सय ६५ मुद्दा फर्स्याैट गर्नुभएको छ ।

तस्बिर : दाङ जिल्ला अदालत फेसबुक

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया