आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

 चैत १३, २०७८ आइतबार २०:१८:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राखेको हो । 

आज आइतवार ४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट काम गरेको भन्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मान गर्नुभएको हो । उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा तीन सय जनाभन्दा बढीलाई उज्यालो संसार देखाएको राप्ती आँखा अस्पताल तुलसीपुरका सूचना अधिकारी बालाराम खड्काले जानकारी दिनुभयो ।

देशका सात सय ५३ वटा स्थानीय तहमध्ये अन्धोपन निवारणमा नेत्र ज्योति सङ्घ दाङसँग साझेदारीमा काम गर्ने पहिलो स्थानीय तह तुलसीपुर उपमहानगरपालिका भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

तुलसीपुरलाई मोतीबिन्दु मुक्त बनाएर उज्यालो तुलसीपुरको अवधारणा ल्याएको तुलसीपुर उपमहानगरपालिकाको अहिले अन्य पालिकाहरूले पनि सिको गर्न थालेको नेत्र ज्योति सङ्घ दाङका अध्यक्ष कृष्ण गिरीले बताउनुभयो । सङ्घका अध्यक्ष गिरीका अनुसार मोतीबिन्दुकाे अप्रेशनका लागि उपमहानगरले प्रतिव्यक्ति पाँच हजार र सङ्घले तीन हजार रुपैयाँ बेहाेर्दै आएको छ ।

निःशुल्क मोतीबिन्दु अप्रेशनका लागि तुलसीपुर उपमहानगरपालिका र नेपाल नेत्र ज्योति सङ्घ दाङका बीचमा २०७४ भदौमा सम्झौता भएको थियो । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया