घाँस बेचेर राम्राे आम्दानी गर्दै दाङका किसान

 चैत १४, २०७८ सोमबार ९:४२:१२ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - दाङका किसानले घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, राप्ती गाउँपालिका लगायतका ठाउँका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै घाँस बेचेर राम्रो आम्दानी गरिरहेका छन् । 

पशुुका लागि घाँसको जोहो गर्न निकै सास्ती बेहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ७, १७ लगायतका वडाका प्रायजसाे कृषकले अहिले व्यावसायिक रुपमा घाँस खेती गरिरहेका छन्। अन्य नगदेबालीको उत्पादन लागत बढी हुने हुँदा ती बालीको बिक्रीबाट हुने फाइदा भन्दा घाँसको बिक्रीबाट धेरै फाइदा हुने भएपछि घाँस खेती सुरु गरेको कृषकहरु बताउँछन् ।

घोराहीको ६ नम्बर वडाका ६ गाउँका कृषकहरुले हिउँदे बाली लगाउन छाडेर बिउ उत्पादनका लागि घाँस मात्रै लगाउने गरेको शिवशक्ति घाँस बिउ उत्पादक सङ्घका सचिव विमल अधिकारी बताउनुहुन्छ ।

धानमा भित्रि बालीको रुपमा घाँस छर्ने र बिउ लिनुअघि ६ पटकसम्म घाँस काटेर पशुलाई खुवाउन वा बिक्री गर्न मिल्ने भएकाले पनि कृषकहरु व्यावसायिक रुपमै घाँस खेती गर्न अग्रसर भएको पशुसेवा विज्ञ केन्द्र दाङले जनाएको छ । दाङमा उत्पादन भएको घाँसको बिउको उमार्ने शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो भएकाले बाहिरी जिल्लाबाट धेरै माग हुने गरेको शिवशक्ति घाँस बिउ उत्पादक सङ्घ जनाएको छ।

अहिले दाङ बरसिम घाँसको बिउ ‘पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । बिउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्नेको सङ्ख्या पनि बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र, घोराहीले जनाएको छ । घाँस खेती फस्टाउँदै गएपछि स्थानीय सरकारले पनि कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम सुरु गरेका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया