बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थाल्याे

 चैत १६, २०७८ बुधबार १०:४३:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बजारमा तरकारी बिक्री नभएपछि दाङका किसानहरुले लगाएको काउली बारीमै फुल्न थालेको छ । भाउ नपाएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका साना किसानहरु बढी मारमा परेका छन् ।

बारीबाट काउली काटेर बजार सम्म पुर्‍याउँदा प्रति किलो दश रुपैयाँ लागत लाग्ने तर व्यवसायीले दश रुपैयाँ किलोमा पनि खरिद नगरिदिँदा समस्यामा परेको कृषकहरु बताउँछन् । घोराही बजारमा भने काउली प्रति किलो ३० देखी ४० रुपैयाँमा बिक्रि भैरहेको छ । आफूले दश कठ्ठामा लगाएको काउलीमध्ये ६ कठ्ठाको बिक्रीको लागी तयार भए पनि मूल्य नपाउँदा बिक्री नभएको घोराही उपमहानगरपालिकाको वडा नम्बर ६ गुरिगैंका कृषक प्रेमवहादुर चौधरी बताउनु हुन्छ ।

बारीमै काउली फुल्न थालेपछि तरकारी उत्पादक कृषकहरुले गाई भैंसीलाई घाँसको रुपमा खुवाउन थालेका छन् । घोराही उपमहानगरको कृषि शाखाले बजारको आवश्यक्ता नहेरेर उत्पादन गर्दा बिक्रीमा समस्या भएको बताएको छ ।

कृषकहरुले भने भारतबाट काउली आउने भएपछि आफूहरुको उत्पादन बिक्री नभएको गुनासो गर्ने गरेका छन् । ठूला फर्म सञ्चालन गरेका कृषकहरुले उत्पादित तरकारी बाहिरी जिल्ला पठाउने भए पनि साना किसानहरुको बजार भने जिल्ला भित्रैका घोराही, तुलसिपुर, लमही रहेका छन् ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया