दाङमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गयाे

 बैशाख ७, २०७९ बुधबार ११:५१:२५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा ट्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । घोराही–तुल्सिपुर सडकखण्डको  घोराही १६ कपाससीमा बिग्रेकाे रा १ त ३३७० नं.को ट्याक्टरलाई रा १ त ४६११ नं. ट्याक्टरले तानेर ल्याउने क्रममा पछाडिबाट ठक्कर दिएर पल्टिँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

बुधबार बिहान साढे १० बजे घोराही १० उत्तरअम्रई निवासी अन्दाजी २०/२२ वर्षीय सुदन चौधरीको ट्याक्टरले च्यापिएर ज्यान  गएको हो । ट्याक्टर बनाउन आएका मिस्त्री समेत रहेका चौधरीले चलाएको ट्याक्टर पल्टिँदा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले रा १ त ४६११ नं.को ट्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया