मनोनयन दर्ताको पहिलो दिन दाङमा २ सय ३७ जनाको उम्मेदवारी

 बैशाख १२, २०७९ सोमबार ७:४१:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पालिका चुनावका लागि मनोनयन दर्ताको पहिलो दिन हिजाे २ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न  दल र स्वतन्त्र  गरेर २ सय ३७ जनाले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार पहिलो दिन सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । घोराहीको मेयरमा ७ जना, उममेयरमा ४ जना र वडा अध्यक्षमा २९सहित ८३ जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ ।

त्यसैगरी उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिकामा मेयरमा ३, उपमेयरमा ३, वडा अध्यक्ष १२ सहित ३५ जनाले उम्मेदवारी दर्ता गरका छन् । दङ्गीशरण गाउँपालिकामा अध्यक्षमा २, उपाध्यक्षमा १, वडा अध्यक्षमा ५ सहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बबई गाउँपालिकामा अध्यक्षमा ३, उपाध्यक्ष १, वडाध्यक्ष ६ सहित १५ जना, राजपुर गाउँपालिकामा अध्यक्ष १, उपाध्यक्ष १, वडा अध्यक्ष ५ सहित २४ जना, राप्ती गाउँपालिकामा अध्यक्षमा १ र वडा अध्यक्षमा ३ सहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

गढवा गाउँपालिकामा अध्यक्षमा १, उपाध्यक्ष १, वडाध्यक्षमा ८ सहित ४२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लमही नगरपालिकामा मेयरमा १, उपमेयरमा १ र वडाध्यक्षमा १ सहित ३ जना र शान्तिनगर गाउँपालिकामा वडा अध्यक्षमा ३ र सदस्यमा ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सूचना अधिकारी कुँवरका अनुसार पहिलो दिन बङ्गलाचुली गाउँपालिकामा कुनै पनि दल र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् ।

पहिलो दिन साना दलले उम्मेदवारी दर्ता गरे पनि गढवा गाउँपालिकामा भने नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । एमालेले पालिका अध्यक्षका लागि सहजराम यादव, उपाध्यक्षमा सीता चौधरीले उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

गढवा गाउँपालिका बाहेकका अन्य पालिकाहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीलाई उम्मेदवारी दर्ताका लागि आजकाे समय निर्धारण गरिएको छ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया