पालिका चुनाव : दाङमा प्रमुख र उपप्रमुख पदमा २० जनाको स्वतन्त्र उम्मेदवारी

 बैशाख १५, २०७९ बिहिबार १९:१०:९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङ देउखुरीको गढवा गाउँपालिका-५ मा नेकपा एमालेले वडा अध्यक्षसहित सबै पदमा महिला उम्मेदवार बनाएको छ ।

दाङका १ सय वडामा सबै महिला उम्मेदवार भएको एक मात्र वडा हो । वडा अध्यक्षमा सीता थापा, महिला सदस्यमा वर्षा पाण्डे, दलित महिला सदस्यमा जीवी विक, खुल्ला सदस्यमा शान्ति चौधरी र प्रतिमा चौधरी उम्मेदवार छन् ।

जनप्रतिनिधिविहीन वडा

घोराही उपमहानगरपालिका–१८ मा २०७४ सालमा निर्वाचित पाँच जना जनप्रतिनिधिहरुले पालिका चुनावका लागि उम्मेदवारी दर्ता गरेपछि वडा जनप्रतिनिधिविहीन भएको छ ।

वडा अध्यक्ष भरतमणि अर्याल, सदस्यहरु कृष्णप्रसाद घर्ती, वुद्धिप्रकाश चौधरी, लैया चौधरी र दीपा नेपालीले जनप्रतिनिधिबाट वैशाख ११ गते राजीनामा दिएर पुनः उम्मेदवारी दर्ता गराएपछि वडा जनप्रतिनिधिविहीन भएको निमित्त वडा सचिव सुवास चौधरीले बताउनुभयो ।

वडामा जनप्रतिनिधि नभएपछि सम्पूर्ण काम कर्मचारीबाटै हुन थालेकाे छ । अर्यालसहितका सदस्यहरु नेकपा एमालेबाट २०७४ सालमा वडामा निर्वाचित भएका थिए ।

प्रमुख र उपप्रमुखमा २० जनाको स्वतन्त्र उम्मेदवारी

पालिका चुनावका लागि दाङका १० पालिकामध्ये ९ पालिकाको प्रमुख र उपप्रमुख पदमा २० जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार घोराहीको प्रमुखमा ३ र उप्रमुखमा १, तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा १ र उपप्रमुखमा २, दङ्गीशरण गाउँपालिकाको अध्यक्षमा ४, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको अध्यक्षमा २/२ र उपाध्यक्षमा १, लमही नगरपालिकाको प्रमुख, राजपुर गाउँपालिका र शान्तिनगर गाउँपालिकाको प्रमुखमा १/१ र बबई गाउँपालिकाको उपप्रमुखमा १ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

दाङका दश पालिकामा ५ सय २० पदका लागि २ हजार ४ सय १२ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै तुलसीपुर उपमहानगरपालिकामा ५ सय ३२ जना, घोराही उपमहानगरपालिकामा ४ सय ४० जना, दङ्गीशरण गाउँपालिकामा १६२ जना, बबई गाउँपालिकामा १ सय ५७ जना, राजपुर गाउँपालिकामा १ सय ८८ जना, राप्ती गाउँपालिकामा २ सय ३३ जना, गढवा गाउँपालिकामा १ सय ९५ जना, लमही नगरपालिकामा १ सय ४७ जना, शान्तिनगर गाउँपालिकामा १ सय ३६ जना र बङ्गलाचुली गाउँपालिकामा १ सय १५ जनाले उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया