दाङमा ११ मतदान स्थल अतिसंवेदनशीलको सूचीमा

 बैशाख १८, २०७९ आइतबार ११:१:५८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले संवेदनशीलताको आधारमा जिल्लाका १ सय ५३ मतदान स्थलमध्ये ११ मतदान स्थल अति संवेदनशीलको सूचीमा राखेको हो ।

१ सय ३१ मतदान स्थललाई संवेदनशील र ११ वटा मतदान स्थललाई सामान्य सूचीमा राखिएको छ । भौगोलिक अवस्था, सडक सञ्जालको पहुँच, सुरक्षा निकायको संस्थागत उपस्थितिलगायतलाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको हो ।

त्यहीअनुसार सुरक्षाको प्रबन्ध मिलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभएको छ । सुरक्षा निकायको तर्फबाट जिल्लाका दश पालिका अन्तर्गत रहेका मतदान स्थलको स्थलगत अनुमगमन समेत गरिएको थियो ।

त्यही अनुगमनको आधारमा सुरक्षा संवेदनशीलतालाई आधार मानेर मतदान स्थलको वर्गीकरण गरिएको हो । यसपालि पनि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन्।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया