दाङमा चुनाव प्रचारप्रसारमा प्रयोग हुने गाडीमा कडाइ

 बैशाख २०, २०७९ मंगलबार १४:४:८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाइ गरेको छ ।

उम्मेदवारहरुले आफू प्रचारमा हिँड्ने गाडीहरुको अनुमति नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन उम्मेदवार तथा पार्टीहरुलाई सचेत गराएकाे छ । 

मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले अपिल गर्दै अहिलेसम्म कुनै पनि उम्मेदवारले गाडी सञ्चालनको अनुमति नलिएको र प्रशस्त गाडी चलाइरहेको भन्दै २४ घण्टाभित्र अनुमति लिन आग्रह गर्नुभएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिको यही वैशाख १८ गतेको निर्णयअनुसार चुनाव प्रचारमा हिँड्ने गाडीकाे अनिवार्य अनुमति लिन समेत उम्मेदवारहरुलाई जानकारी गराएको छ।

उपमहानगरपालिकाको हकमा प्रमुख उपप्रमुखका उम्मेदवारले बढीमा दुई वटा, वडा अध्यक्षका उम्मेदवारले एउटा गाडी चुनाव प्रचारमा प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।

यसरी अनुमति लिएका गाडी वैशाख २७ गते राति १२ बजेदेखि मतदानको दिनसम्म प्रयोग गर्न नपाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अनुमति नलिइ चलाएका र मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएको पाइए गाडी नियन्त्रणमा लिइने र चुनावपछि मात्रै फिर्ता गरिने समेत जनाइएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया