रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा कांग्रेसकाे जित

 जेठ २, २०७९ सोमबार १७:१८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

राेल्पा – रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा पनि कांग्रेसकै अमृताकुमारी केसी विजयी हुनुभएको छ ।

अध्यक्षका उम्मेदवार पुनले दुई हजार पाँच सय ५७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका रोशनकुमार ओलीले दुई हजार चार सय ९९ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेसकी केसीले दुई हजार नौ सय नौ र उहाँका प्रतिस्पर्धी एमालेका निर्मलाकुमारी ओलीले दुई हजार चार सय ४२ मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा कांग्रेस र दुई वटा वडामा एमालेका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया