कालिकाेटकाे खाँडाचक्र नगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार शाही विजयी

 जेठ २, २०७९ सोमबार १७:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कालिकोट – जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही विजयी हुनुभएकाे छ । शाहीले २ हजार ९ सय १९ मत ल्याएर विजयी हुनुभएकाे हाे । शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका नेता तथा पूर्व मेयर जसीप्रसाद पाण्डेले २ हजार ६ सय ९ मत प्राप्त गर्नुभयाे ।

यस्तै, नगरपालिका उपप्रमुखमा माओवादी केन्द्रका गणेश शाही विजयी हुनुभएकाे छ । शाहीले २ हजार ९ सय २६ मत प्राप्त गर्नुभयाे । शाहीका प्रतिद्वन्द्वी नेकपा एमालेका मिना शाहीले २ हजार ३ सय ९९ मत प्राप्त गर्नुभयाे । नगरपालिकाको वडा नं. १,४,५,६,७, र १० मा नेकपा माओवादी केन्द्र, ८ र ९ समाजवादी र ३ नं.वडामा नेकपा एमालेले जितेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया