स्याङ्जाकाे भीरकाेट नगरपालिकाकाे मेयर र उपमेयर दुवैमा कांग्रेस विजयी

 जेठ २, २०७९ सोमबार १७:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य र उपमेयरमा कांग्रेसकै भगवती रेग्मी अर्याल विजयी हुनुभएको छ ।

अध्यक्ष कर्माचार्यले ६ हजार ५ सय ४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ अर्यालले ५ हजार ६ सय ६९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा कांग्रेसकी अर्यालले ७ हजार १ सय ९७ मत र उहाँका प्रतिस्पर्धी सरस्वती अधिकारीले ४ हजार ९ सय २८ मत प्राप्त गर्नुभयो ।

नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठ वटा वडामा कांग्रेसका अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन् भने वडा नम्बर ६ मा एमालेका अध्यक्ष निर्वाचित भएका छन् । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया