रसुवाको उत्तरगया गाउँपालिकामा एमाले विजयी

 जेठ २, २०७९ सोमबार १८:३५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा माधव अर्यालले दुई हजार नाै सय ९९ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार पाँच सय ६० मत ल्याउनुभएको छ । 

यस्तै उपाध्यक्षमा एमालेकी चमेली गुरुङले तीन हजार एक सय ३४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुनितामाया गुरुङले दुई हजार चार सय ५२ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा नेकपा एमालेका मारसिङ तामाङ, वडा नम्बर २ मा एमालेका टुकु सुवेदी, वडा नम्बर ३ मा एमालेका लालबहादुर तामाङ, वडा नम्बर ४ मा कांग्रेसका अमर बहादुर बुलुन र वडा नम्बर ५ मा माओवादीका यमनाथ आचार्यले जित हासिल गर्नुभएको  छ । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया