धादिङकाे गजुरी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ३, २०७९ मंगलबार १४:३४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको गजुरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गणेशलाल श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका सर्मिला विशुराल विजयी हुनुभएको छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले ६ हजार तीन सय आठ र उहाँका प्रतिस्पर्धी एमालेका राजेन्द्र बिक्रम बस्नेतले चार हजार ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा कांग्रेस उम्मेदवार विशुरालले पाँच हजार ६ सय ९९ मत र उहाँका प्रतिस्पर्धी एमालेका भगवती खड्काले तीन हजार पाँच सय ९२ मत प्राप्त गर्नुभएको छ । आठ वटा वडा मध्ये पाँच वटामा माओवादी केन्द्र र तीनवटामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया