२ सय ९५ पालिकाकाे नतिजा : कांग्रेस १ सय ३३, एमाले ८४ र माओवादी ६४ वटामा विजयी

 जेठ ३, २०७९ मंगलबार १५:५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म दुई सय ९५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म ४४ वटा नगरपालिका र दुई सय ५१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । 

अहिलेसम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म २४ वटा नगरपालिका र एक सय नौ वटा गाउँपालिका गरी एक सय ३३ वटा पालिकाको नेतृत्व पाएको छ । यस्तै कांग्रेसले १७ नगरपालिका र एक सय १२ गाउँपालिका गरी एक सय २९ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ । यस्तै कांग्रेसले एक हजार पाँच सय ९९ वटा वडाध्यक्ष पद पनि जितेको छ । 

दोस्रोमा रहेको एमालेले अहिलेसम्म १२ नगरपालिका र ७२ गाउँपालिका गरी ८४ वटा पालिकाको प्रमुख तथा १७ नगरपालिका र ६९ गाउँपालिका गरी ८६ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । यस्तै एमालेले एक हजार दुई सय ३५ वटा वडामा अध्यक्ष जितेको छ । 

नेकपा माओवादी केन्द्रले ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालिकाको प्रमुख तथा अध्यक्ष र ६ वटा नगरपालिका र ५८ वटा गाउँपालिका गरी ६४ वटा पालकाको उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । माओवादी केन्द्रले ६ सय ९४ वटा वडाध्यक्ष पद जितेको छ । 

नेकपा एकीकृत समाजवादीले चार वटा र जनता समाजवादी पार्टीले चार वटा गाउँपालिकाको अध्यक्ष जितेका छन् । एउटा नगरपालिकाको मेयर स्वतन्त्र र एउटाको मेयर नेपाल मजदुर किसान पार्टीले जितेका छन् । राष्ट्रिय जनमोर्चाले एउटा गाउँपालिकाको अध्यक्ष पदमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले एक सय एक वटा वडामा अध्यक्ष जितेको छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया