केशव स्थापित भन्दा बालेन साह ५ हजार १८७ मतले अगाडि

 जेठ ३, २०७९ मंगलबार १५:१५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । 

अहिलेसम्म  ३० हजार ८४ मत गन्दा साहले ११ हजार ३ सय २५ मतसहित अग्रता लिइरहनुभएकाे हाे । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ५ हजार १८७ मतले पछि हुनुहुन्छ । स्थापितले ६ हजार २ सय ९० मत प्राप्त गर्नुभएकाे छ । 

मेयरमै गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ९२ मत प्राप्त गर्नुभएकाे छ । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले एक हजार तीन मत प्राप्त गर्नुभएकाे छ । 

यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगाेलले पनि फराकिलाे अग्रतालाई कायमै राख्नुभएकाे छ । डंगाेलले ११ हजार तीन सय २५ मतसहित अग्रता लिइरहनुभएकाे छ । उपमेयरमै गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ३ सय १६ मत प्राप्त गर्नुभएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया