चौतारा साँगाचोकगढीकाे मेयरमा माओवादी र उपमेयरमा एकीकृत समाजवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १६:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी हुनुभएको छ ।

मेयर पदका माओवादी केन्द्रका उम्मेदवार सापकोटाले ११ हजार ७२ मत र उहाँका प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर नेपालले ६ हजार सात सय ८५ मत पप्त गर्नुभएको छ । यस्तै उपमेयर पदमा एकीकृत समाजवादीका सीता थापाले नौ हजार सात सय २६ मत र उहाँका प्रतिस्पर्धी एमालेका बालकुमारी सापकोटाले ६ हजार आठ सय ७७ मत प्राप्त गर्नुभएको छ ।

१४ वटा वडामध्ये माओवादी केन्द्र पाँच, एमाले चार, कांग्रेस चार र एकीकृत समाजवादीले एउटा वडामा जित हात पारेकाे छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया