दोलखाको जिरी नगरपालिका मेयरमा एमाले विजयी

 जेठ ३, २०७९ मंगलबार १६:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दोलखाको जिरी नगरपालिकाको मेयरमा एमालेका मित्रबहादुर जिरेल र उपमेयरमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ ।

मेयरमा एमालेका उम्मेदवार जिरेलले दुई हजार नौ सय ४९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका ल्हाक्पा शेर्पाले दुई हजार ६ सय ९२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर पदमा एमालेका बुढाथोकीले तीन हजार चार सय ३४ मत र उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका तेजबहादुर तामाङले तीन हजार एक सय २० मत प्राप्त गर्नुभएको छ । नौ वटा वडामध्ये माओवादी केन्द्र ४, कांग्रेस २, एमाले २ र एकीकृत समाजवादीले एउटा वडाको वडाध्यक्ष पदमा जित हासिल गरेका छन् । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया