३ सय १७ पालिकाकाे नतिजा : कांग्रेस १ सय ४३, एमाले ९२ र माओवादी ६९ वटामा विजयी

 जेठ ३, २०७९ मंगलबार १७:१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म तीन सय १७ वटा पालिकाको अन्तिम नजिता सार्वजनिक भएकाे छ । नतिजाअनुसार कांग्रेस एक सय ४३ वटा पालिकाको नेतृत्वमा जित हासिल गर्दै पहिलो नम्बरमा रहेको छ ।

कांग्रेसले अहिलेसम्म ३० वटा नगरपालिकाको मेयर र एक सय १३ वटा गाउँपालिकाको अध्यक्ष जितेको हो । यस्तै कांग्रेसले २१ वटा नगरपालिकाको उपमेयर र एक सय १५ वटा गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको छ । यस्तै कांग्रेसले एक हजार ६ सय ६४ वटा वडामा वडाध्यक्ष जितेको छ ।

नेकपा एमाले ९२ वटा पालिकाको नेतृत्व जितेर दोस्रो स्थानमा छ । एमालेले अहिलेसम्म १६ वटा नगरपालिकाको मेयर र ७६ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ । यस्तै एमालेले २१ वटा नगरपालिकाको उपमेयर, ७१ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार दुई सय ६९ वडाको अध्यक्ष जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात वटा नगरपालिकाको मेयर र ६१ वटा गाउँपालिकाको उपाध्यक्ष गरी ६९ वटा पालिकाको नेतृत्वमा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले आठ वटा नगरपालिकाको उपमेयर, ६४ वटा गाउँपालिकाको उपाध्यक्ष र सात सय २१ वटा वडाको अध्यक्ष पद जितेकाे छ ।

नेकपा एकीकृत समाजवादीले चार वटा गाउँपालिकाको अध्यक्ष, तीन वटा नगरपालिकाको उपमेयर, ६ वटा गाउँपालिकाको उपाध्यक्ष र एक सय पाँच वटा वडाको अध्यक्ष पद जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकाको मेयर र उपमेयरसहित सबै ठाउँमा जित निकालेको छ । एउटा नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवारले जितेका छन् । जनता समाजवादी पार्टीले चार वटा पालिकाको अध्यक्ष जितेको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया