बेनीघाट रोराङको अध्यक्षमा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादी विजयी

 जेठ ३, २०७९ मंगलबार १८:५८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी र उपाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् । 

बेनीघाङ रोराङको अध्यक्षमा माओवादीका कृष्णबहादुर थपलिया सात हजार ६ सय ८० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका देवप्रसाद त्रिपाठीले पाँच हजार ७२ मत ल्याउनुभयो । 

उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ पाँच हजार नौ सय एक मत ल्याएर विजयी हुनुभयो । उहाँकाे प्रतिस्पर्धी एमालेका हीरादेवी रेग्मीले चार हजार ६ सय ६७ मत ल्याउनुभयो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया