धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता बढ्दै, यस्ताे छ अरु उपमहानगरकाे अवस्था

 जेठ ३, २०७९ मंगलबार २०:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृपबहादुर वडलाई पछि पारिरहनु भएको छ । हमालले ८ हजार ८ सय ११ मत ल्याउँदा नृप वडले चार हजार १ सय ५९ मत ल्याउनुभएको छ, एमालेका रणबहादुर चन्दले एक हजार नौ सय २१ मत ल्याउनुभएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले १२ हजार ८ सय ६ मतसहित अग्रता बनाउनुभएको छ । यस्तै  नेकपा एमालेका पशुपतिदयाल मिश्राले ६ हजार १४ मत ल्याएर दोस्रो स्थानमा हुनुहुन्छ भने राप्रपाका नन्दलाल बैश्यले ५ हजार एक सय ५५ मत ल्याउनुभएको छ । 

दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले माओवादीका हेमराज शर्मालाई चार हजार मतले पछि पार्नुभएको छ । ५१ हजार १२ मत गणना हुँदा एमालेका चौधरी तीन हजार ८ सय १९ मतान्तरले अगाडि हुनुहुन्छ ।   चौधरीको २१ हजार  २ सय ११ र माओवादीका शर्माको १७ हजार ३ सय ९२ मत आएको छ । तुलसीपुर उपमहानगरमा भने एउटा वडामा मतदान नै रोकिएकाले मतगणना सुरु भएको छैन, १७ नम्बर वडामा भोलि मतदान हुँदैछ  । 

बुटबल उपमहानगरपालिकाको मेयरमा कांग्रेसका मेयर उम्मेदवार खेल राज पाण्डेयले एमालेका उम्मेदवार बाबुराम भट्टराईलाई पछि पार्नुभएको छ । कांग्रेसका पाण्डेले १२ हजार तीन सय ८४ र एमालेका भट्टराईले आठ हजार २ सय ५२ मत ल्याउनुभएको छ । 

हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले फेरि अग्रता लिएको छ । २७ हजार ४ सय ६२ मत गणना हुँदा  राप्रपा ४८ मतले अगाडि छ । राप्रपाका उम्मेद्वार  दीपक सिंहले ८ हजार ५ सय ६५ मत प्राप्त गर्नुभएको छ । दोस्रो स्थानमा सत्तारुढ गठबन्धनकी उम्मेद्वार मिना लामाले ८ हजार ५ सय १७ मत प्राप्त गर्नुभएको छ भने  नेकपा एमालेका उम्मेद्वार अनन्त पौडेलले ७ हजार १ सय ३१ मत पाउनुभएको छ । 

बाराको जितपुर सिमरामा गठबन्धनका तर्फबाट माओवादीका राजन पौडेल एमालेका एमालेकी सरस्वती देवी चौधरी भन्दा एक हजार एक सय  ७ मतले अघि हुनहुन्छ । पौडेलले १३ हजार ८ सय ९७ र चौधरीले १२ हजार ७ सय ९०  मत ल्याउनुभएको छ । 

बाराकै कलैया उपमहानगरमा भने गठबन्धनको तर्फबाट कांग्रेसका राजेश राय भन्दा एमालेका विनोद साह अघि हुनुहुन्छ । जनकपुरमा गठबन्धन र एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता बनाउनुभएको छ । 

सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसका किशोर राईले पाँच हजार नौ सय १२ मतसहित अग्रता बनाउनुभएको छ । स्वतन्त्र उम्मेदवार हर्कबहादुर राई पाँच हजार तीन सय ३१ मतसहित दोस्रो र एमालेका मञ्जु भण्डारी पाँच हजार एक सय १५ मतहसहित तेस्रो स्थानमा हुनुहुन्छ । धरानमा एमालेका उम्मेदवार तेस्रो स्थानमा पुगेका छन् । 

सुनसरीकै अर्को इटहरी उपमहानगरमा पनि गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले १० हजार एक सय २ मतसहित अग्रता बनाउनुभएको छ भने एमालेका उम्मेदवार यामकुमार सुब्बाले ८ हजार ५९ मत ल्याउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया