दाङमा हावाहुरीले ८० भन्दा धेरै घरको छाना उडायो, १ कराेड रुपैयाँकाे क्षति

 जेठ ८, २०७९ आइतबार १४:३:७ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको देउखुरीमा पनीसँगै आएकाे हावाहुरीले ८० वटा भन्दा धेरै घरको छाना उडाएको छ ।

गएकाे शुक्रवार राति आएको हावाहुरी र पानीले राप्ती गाउँपालिका वडा नम्बर ३ मा ३२ वटा घरको छानो उडाएको हाे । वडा नम्बर ३ मा ४० लाख रुपैयाँभन्दा धेरैकाे क्षति भएको राप्ती गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभएकाे छ । 

हावाहुरीसँगै आएको पानीले वडा नम्बर ३ को मसुरीया, नयाँबस्ती, बागढड्डी लगायतका गाउँमा खर, टिन र टायलले छाएको बस्ने घर, गोठ र भान्सा घरको छाना उडाएको छ । 

त्यसैगरी राप्ती गाउँपालिका वडा नम्बर ४ मा ५० वटा भन्दा धेरै घरको छाना उडाउनुका साथै घरभित्र भएका अन्नपात, लत्ताकपडा भिजेर ५५ लाख रुपैयाँ बराबरकाे क्षति भएको वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीले जानकारी दिनुभयाे ।  

वडाध्यक्ष चौधरीका अनुसार वडा नम्बर ४ को मौरीघाट, खिनैटा, मझनीगढ, पैसठ्ठी नम्बर, सुन्दरपुर, पिपरखुटी, नयाँगाउँमा हावाहुरीले क्षति पुर्‍याएको हाे । हावाहुरीले राप्ती गाउँपालिका वडा नम्बर ४ पैसठ्ठी नम्बर मौरीघाटकी २९ वर्षीया प्रमिला चौधरी घाइते हुनुभएकाे छ । नजिकैकै मण्डलीमा काम गरिरहेका बेला हावाहुरीले उडाएकाे टिनले चौधरीको बायाँ खुट्टाको कुरकुच्चा काटेको छ । गहिरो घाउ भएपछि चौधरीलाई तत्काल लमहीकाे प्लोरेन्स अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डाै पठाइएको छ । 

घटनाको थप विवरण आउने क्रम जारी छ । शनिवार बिहानैदेखि वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी र वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरीको टाेलीले आ–आफ्नो वडामा क्षतिको विवरण सङ्कलन गरिरहेका प्रहरीले जनाएको छ ।

शुक्रवार राति आएको हावाहुरीले पुर्‍याएकाे क्षतिबारे राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थलगत अनुगमन गर्नुभएकाे छ । क्षति भएका घर परिवारलाई पालिकाको तर्फबाट र नेपाल सरकारको तर्फबाट क्षतिपूर्ति उपलब्ध गराउने बताइएकाे छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया