दाङमा लाेहाेराे प्रहार गरी श्रीमानकाे हत्या

 जेठ २३, २०७९ सोमबार २०:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङकाे घाेराही उपमहानगरपालिकामा लाेहाेराे प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । अचार पिस्ने लोहाेरो प्रहार गरी घोराही १४ मा कोठा भाडा लिएर बस्ने भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान् पंकज गुप्ताकाे हत्या गरेको प्रहरीले जनाएको छ । 

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको ज्यान लिएकाे उनले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

‘श्रीमान्–श्रीमातीकाबीच पटक–पटक झगडा हुने गरेको रहेछ’, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले भन्नुभयो, ‘त्यही क्रममा सोमवार बिहान विवादका क्रममा श्रीमतीले लाेहाेराेले प्रहार गर्दा श्रीमानको ज्यान गएकाे रहेछ ।’ प्रहरीका अनुसार उनीहरू घरझगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया