लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी

 मंसिर ८, २०७९ बिहिबार १३:१९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभयो ।

खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभयो । उहाँ स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुनुहुन्छ  ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया