बुटवलबाट दाङ सारियो लुम्बिनीको मुख्यमन्त्री कार्यालय, राति साढे १० बजे ओसारियो सामान

 मंसिर २०, २०७९ मंगलबार ११:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय र सचिवालयको फर्निचर लगायतका सम्पूर्ण सामग्री दाङको देउखुरी ल्याइएको छ ।

३ वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली स्थायी राजधानी देउखुरी आइपुगेको हो ।

गएराति साढे १० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ मा राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मङ्गलवार बिहान झारिएको छ । अब मुख्यमन्त्री कार्यालको सम्पूर्ण काम देउखुरीबाट नै हुनेछ ।

मुख्य मन्त्रीको बुटवलमा रहेको अस्थायी मुकाम बन्द गरिएको छ । आन्तरिक मामिला मन्त्रालय, अर्थ मन्त्रालय र कोष लेखा नियन्त्रण कार्यालय पनि यो हप्ताभित्र अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी देउखुरी ल्याउने तयारी छ ।

नवनिर्वाचित लुम्बिनी प्रदेश सभाको शपथ तथा बैठक स्थायी राजधानी देउखुरीमा निर्माणको अन्तिम चरणमा रहेको संसद् भवनमा बोलाउने तयारी गरिएको छ । प्रदेश सभाको दुई तिहाइले गरेको निर्णयलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सफल भएको मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभएको छ।

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया