दाङ : सीता एअरले टरीगाउँ विमानस्थलमा आज परीक्षण उडान भर्ने

 माघ १३, २०७९ शुक्रबार १०:२०:१९ | रासस
unn.prixa.net

दाङ - दाङको तुलसीपुर–१२ टरीगाउँ मा रहेकाे विमानस्थलमा निजी विमान कम्पनी सीता एअरले उडान भर्ने भएको छ ।  त्यसका लागि सीता एअरले आज परीक्षण उडान गर्दैछ । 

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीका अनुसार दिउँसो १ बजे सीता एअरको विमानले परीक्षण उडान भर्ने तय भएको छ ।  'निजी विमान कम्पनीले उडान सुरु गरेपछि भाडा सस्तो हुने हाम्रो अपेक्षा छ', उहाँले भन्नुभयो । लामो समयको प्रयासमा निजी विमान कम्पनी उडान भर्न तयार भएको हो । धावनमार्ग विस्तार गरी ठूला जहाजले उडान भर्न मिल्ने बनाउन लागिएको चौधरीको भनाइ छ । 

तुलसीपुर उपमहानगरपालिकाले चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाएको छ । अहिले नेपाल वायु सेवा निगमकाे विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइतवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाण्डौको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया