बालविवाह गरेकाे आराेपमा दाङमा ३ जना पक्राउ

 चैत २२, २०७९ बुधबार १३:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – दाङमा बालविवाह गरेको आरोपमा प्रहरीले किशोर किशोरीसहित तीन जनालाई पक्राउ गरेको छ ।

विवाह गर्दै गरेको अवस्थामा प्रहरीले विवाह गराउन सहयोग गरेको आशङ्कामा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाई पनि नियन्त्रणमा लिएको हो ।

प्रहरीले बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी, वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया