नेभिगेशन

बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षाकर्मी परिचालन

काठकमण्डौ - रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद् उद्धार गणबाट ४५ जना टोली नुवाकोट पठाइएको छ ।

घाइतेको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा १०० शय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन वेस आदमघाट र नं १७ गण चितवनबाट सङ्ख्यामा सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो ।   

प्रकाशित मिति:
थप समाज