नेभिगेशन

त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका थप मजदुरको उद्धारमा सेना सक्रिय

काठमाण्डौ – रसुवाको त्रिशूली हाइड्रोपावरको सुरुङभित्र फसेका थप मजदुरको उद्धारका लागि नेपाली सेनाले आज पनि बिहानैदेखि प्रयास गरिरहेको छ ।

हिजो ३५० मजदुर तथा स्थानीयलाई सुरुङबाट उद्धार गरिएको सेनाले जनाएको छ । त्यही सुरुङमा फसेका १०० जनाभन्दा धेरैलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भैरहेको हो ।

आज केहीलाई बाहिर निकालिसकेको र अरुलाई पनि निकाल्ने प्रयास भैरहेको सेनाले जनाएको छ । बाढीको उच्च जोखिममा परेका रसुवाका अन्य विकट भूगोलमा पुगेर सेनाले उद्धारलाई निरन्तरता दिएको छ । 

प्रकाशित मिति:
थप समाज