टिप्परको ठक्करबाट परीक्षार्थीको ज्यान गयो

 बैशाख १९, २०७६ बिहिबार १४:५१:१ | भवानीप्रसाद पाण्डे

रुपन्देही - बुटवलमा बिहीबार टिप्परको ठक्करबाट एक जना परीक्षार्थीको ज्यान गएको छ ।

कक्षा १२ को परीक्षा दिएर बुवा घनश्याम भण्डारीसँग लु ४५ प ७२३४ नम्बरको स्कुटरमा बुटवल-१२, तामनगरमा रहेको घरतर्फ जाँदै गरेकी १९ वर्षीया पुष्पा भण्डारीको टिप्परको ठक्करबाट ज्यान गएको हो । बुटवल पाखापानी नजिकै भएको दुर्घटनापछि प्रहरीले लु २ ख १९०३ र लु १ ख ६२३३ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएकाे छ । यी दुईमध्ये कुन टिप्परकाे ठक्करबाट भण्डारीकाे ज्यान गएकाे भन्ने प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

स्कुटर चालक घनश्याम भण्डारीको अवस्था भने सामान्य रहेको छ । मृतक भण्डारी बुटवलको हाटबजारमा रहेको सिद्धार्थ गौतमबुद्ध क्याम्पसको कक्षा १२ मा पढ्ने विद्यार्थी हुन् । सहपाठीको मृत्यु भएपछि नेपाल विद्यार्थी संघ समर्थित विद्यार्थीहरुले बुटवल नयाँगाउ सडकखण्ड बन्द गरेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया