भारतको चुनावी परिणाम नेपाली राष्ट्रवादी र हिन्दूवादीहरुका लागि प्रेरणा : कमल थापा

 जेठ २१, २०७६ मंगलबार १८:३५:४३ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली राष्ट्रबादी र हिन्दूवादीहरुलाई भारतको लोकसभा चुनावको परिणामले प्रेरणा प्रदान गरेको बताउनु भएको छ ।

राष्ट्रवाद र हिन्दूत्वलाई प्रमुख मुद्धा बनाएर भारतीय जनता पार्टीले प्राप्त गरेको विजय नेपाली राष्ट्रवादी र हिन्दूवादीहरुका लागि प्रेरणा बनेको उहाँको भनाइ छ । यद्यपि नेपालमा कुन मुद्दा र राजनैतिक विचारधारको उठान र सम्बाेधन गर्ने अधिकार भने नेपाली नागरिककै भएको उहाँले प्रष्ट पार्नुभयो ।

रिर्पोटर्स क्लब पाँच नम्बर प्रदेशले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले नेपालमा तीव्र इसाइकरण भइरहेको भन्दै बेलैमा नियन्त्रण गर्न सकिएन भने देशमा धार्मिक द्वन्द्व निम्तने खतरा रहेको बताउनुभयो । नेपालमा गणतन्त्र र धर्म निरपेक्षता घोषणा भएपछि भष्टाचार र धर्म परिर्वतन बढेको उहाँले बताउनुभयो ।

उहाँले नेपालमा राजनैतिक स्थिरताको लागि राजसंस्था र विप्लव अटाउने मौलिक प्रजातन्त्र आवश्यक रहेको भन्दै त्यसका लागि राजसंस्था, विप्लव र मूलधारका राजनैतिक पार्टी सम्मिलित गोलमेच आवश्यक भएकाे बताउनुभयाे ।

अध्यक्ष थापाले देशमा संकट उत्पन्न हुँदा पनि नेपाली कांग्रेस प्रभावकारी प्रतिपक्ष बन्न नसक्नु दु:खद भएको बताउनुभयो । उहाँले बजेट वितरणमुखी र संघीयताjlरोधी भएको भन्दै आलोचना गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया