संसदीय समितिमा प्रधानमन्त्री ओली अनुपस्थित

 मंसिर ११, २०७७ बिहिबार १४:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बिहीबार – संसदीय समितिकाे बिहीबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित हुनुभएकाे छ । बैठकमा ओलीलाई बोलाइएको भए पनि उहाँ सहभागी नहुनुभएकाे हाे । 

समय अभावका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन नसकेको सभापति कर्णले बताउनुभयो । प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बैठकमा सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीलाई अर्को बैठकमा बोलाइएको पनि कर्णले जानकारी दिनुभयो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी, न्याय परिषद्का सदस्य र राजदूत पदमा नियुक्तिको सिफारिस गर्दा अवलम्बन गर्नुपर्ने समावेशिताकाे विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीलाई बैठकमा बोलाएको थियो ।

संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयन गर्न छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रूपमा समेत रहेको समानुपातिक समावेशितालाई व्यवहारमा कार्यान्वयन गर्नका लागि छुट्टै ऐन ल्याउन निर्देशन दिएको हो ।

सर्वस्वीकार्य हुने गरी संविधानको प्रस्तावना र मौलिक अधिकारको धारा ४२ मा उल्लेख भएअनुसार ऐन बनाउन निर्देशन दिइएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । यस्तै समितिले संवैधानिक निकायहरूलाई पूर्णता दिन पनि निर्देशन दिएको छ । संवैधानिक निकायहरुले पूर्णता नपाउँदासम्म संविधान कार्यान्वयन गर्न नसकिने उल्लेख गर्दै समिति सभापति कर्णले रिक्त रहेका पदमा तत्काल नियुक्ति गर्न निर्देशन दिनुभयो ।

महिला आयोग, दलित आयोग, जनजाति आयोगलगायतका आयोग पदाधिकारीविहीन छन् । यसैगरी निर्वाचन आयोग, अख्तियारलगायतका आयोगमा पनि पदाधिकारीले पूर्णता पाएका छैनन् । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया