१० हजारभन्दा धेरै मतान्तरसहित बारा ४ मा नेकपा एसका श्रेष्ठ विजयी

 मंसिर ७, २०७९ बुधबार १९:४५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ‘किसन’ विजयी हुनुभएको छ । उहाँ १० हजार ६६ मतान्तरसहित विजयी हुनुभएको हो । श्रेष्ठले २९ हजार ५ सय ५ मत पाउनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार एकवाल मियाँले १९ हजार ४ सय ३० मत प्राप्त गर्नुभयो ।

तनहुँका श्रेष्ठले अघिल्लो चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई हराउनुभएको थियो । यसपालिको चुनावमा उहाँले तनहुँ छाडी बारा क्षेत्र नम्बर ४ मा गएर उम्मेदवारी दिनुभएको थियो । उहाँ पूर्व श्रम मन्त्रीसमेत हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया