काठमाण्डौ उपत्यकामा कांग्रेस ६, रास्वपा ४ र एमाले २ क्षेत्रमा विजयी, ३ क्षेत्रको मतगणना हुँदै

 मंसिर ७, २०७९ बुधबार १९:५३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभातर्फ काठमाण्डौ उपत्यकामा रहेका १५ वटा निर्वाचन क्षेत्रमध्ये १२ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

काठमाण्डौका १० वटा निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । ललितपुरका तीन वटा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ भने भक्तपुरमा दुई वटै क्षेत्रमा मतगणना भइरहेको छ ।

काठमाण्डौमा नेपाली कांग्रेस ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ४ र नेकपा एमाले १ क्षेत्रमा विजयी भएको छ । काठमाण्डौ १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ । यस्तै काठमाण्डौ २ मा रास्वपाकी सोबिता गौतम विजयी हुनुभएको छ । काठमाण्डौ ३ मा कांग्रेसका सन्तोष चालिसे, काठमाण्डौ ४ मा कांग्रेसका गगन थापा, काठमाण्डौ ५ मा कांग्रेसकै प्रदीप पौडेल र काठमाण्डौ ६ मा रास्वपाका शिशिर खनाल विजयी हुनुभएको छ । काठमाण्डौ ७ मा रास्वपाका गणेश पराजुली, काठमाण्डौ ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ, काठमाण्डौ ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ र काठमाण्डौ १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी हुनुभएको छ ।

ललितपुर १ मा कांग्रेसका उदय शम्शेर जंगबहादुर राणा र ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । मतगणना भइरहेको ललितपुर ३ मा रास्वपाकी डा. तोसिमा कार्की ठूलो मतान्तरले अगाडि हुनुहुन्छ ।

भक्तपुर १ मा मतगणना चलिरहेको छ । त्यहाँ नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले एमालेका नवराज गेलाललाई ठूलो मतान्तरसहित पछाडि पार्नुभएको छ । यस्तै भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री र एमालेका महेश बस्नेतबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो परिणामअनुसार कांग्रेसका क्षेत्री पाँच सयभन्दा धेरै मतले अगाडि हुनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया