कञ्चनपुर-३ मा नेपाली कांग्रेसका लेखक विजयी

 मंसिर ७, २०७९ बुधबार २०:४६:४७ | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका रमेश लेखक १२ हजार ८५ मतान्तरले विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका अनुसार लेखकले ३० हजार पाँच सय २३ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निरुदेवी पालले १८ हजार चार सय ४८ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण लुहारले दुई हजार २० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार दीपकबहादुर सिंहले एक हजार एक सय ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरका सूचना अधिकारी ताराप्रसाद शर्माले यो क्षेत्रमा ५७ हजार सात सय ५८ मत खसेको बताउनुभयो । उहाँले कूल खसेको मतमा ५४ हजार ५९ मत सदर र तीन हजार पाँच सय ९९ मत बदर भएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया