प्रतिनिधि सभाअन्तर्गत ३ वटा निर्वाचन क्षेत्रमा मतगणना सुरु हुन बाँकी, यस्ताे छ कारण

 मंसिर ८, २०७९ बिहिबार १५:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधि सभाअन्तर्गत १ सय ६५ क्षेत्रमध्ये ३ वटा क्षेत्रको मतगणना अझै सुरु भएको छैन । ८१ वटा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ भने ८१ वटाको गणना भइरहेको छ ।

बाजुराको २ वटा मतदान केन्द्रको मतदान नै स्थगित भएको छ । त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको मतदान केन्द्रमा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको थियो । फर्जी मतको विषयमा विभिन्न दलका कार्यकर्ताबीच झडप भएको र मतपेटिका खोस्ने प्रयास भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

बाजुराकै बुढीगङ्गा नगरपालिकाको मतदान राजनीतिक विवाद एवम् कार्यकर्ताबीचको झडपका कारण स्थगित भएको थियो । त्यहाँ कांग्रेसले दुई वटा बुथ कब्जा गरेको एमालेको आरोप छ भने कांग्रेस नेताले एमालेले ४ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् । स्थगित गरिएका मतदान केन्द्रमा मङ्सिर १० गतेका लागि चुनाव तोकिएको छ ।

त्यस्तै स्याङ्जा र दोलखामा पनि मतदानका बेला समस्या भएको छ । स्याङ्जा क्षेत्र नम्बर २ मा र दोलखामा मतपेटिका सङ्कलन भइसकेको भए पनि धाँधलीको आरोप लगाएर पुनः मतदानको माग भएको छ । आरोपहरूबारे छानबिन भइरहेको निर्वाचन आयोगले जनाएको छ । तीन वटा निर्वाचन क्षेत्रमा विवाद रहेका कारण अन्तिम मत परिणाम आउनमा ढिलाइ हुने भएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया