५ वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्छु : तोसिमा कार्की

 मंसिर ८, २०७९ बिहिबार १६:३६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनिर्वाचित प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले पाँच वर्षमा देशवासीले गर्व गर्न लायक राजनीतिज्ञ बन्ने बताउनुभएको छ ।

ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधि सभा सदस्य कार्कीले बिहीबार मुख्य निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र बुझ्ने क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै आउँदो ५ वर्ष देशले गर्व गर्न लायक राजनीतिज्ञ बनेर उभिने बताउनुभएको हो । 

उहाँले संसदमा जनमुखि मुद्दाहरु उठाउने बताउनुभयो । आफूले मतदाता समक्ष राखेको प्रतिबद्धताहरू पूरा गरेपछि मात्रै विजयी उत्सव मनाउने भन्दै जितलाई जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्नुभयो । 

‘हजुरहरूले दिनुभएका वाणीहरू, बाचाहरू, आशा, विश्वास, भरोसा सम्पूर्णलाई मैले संरक्षण गरेर हृदयभित्र जगेर्ना गरेर राखेको छु’ उहाँले भन्नुभयो ‘मेरो ५ वर्ष सदनमा ललितपुर मात्र होइन, समग्र देशवासीको गर्व गर्न लायक राजनीतिज्ञ, सांसद बनेर म उभिने छु ।’

उहाँले देशमा सुशासन र सुव्यवस्था स्थापित गर्न लागि पर्ने बताउनुभएको छ । ललितपुर बासीले आफूमाथि गरेको आशालाई निराशामा परिणत हुन नदिने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया