एमालेका श्रेष्ठलाई १८ सय मतले पछि पार्दै नुवाकोट १ (ख) मा कांग्रेसका महत विजयी

 मंसिर ८, २०७९ बिहिबार १८:१८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

नुवाकाेट – नुवाकोटको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ काे प्रदेश सभा सदस्य (ख) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ । 

सत्ता गठबन्धनका उम्मेदवार महतले नेकपा एमालेका पूर्णलाल श्रेष्ठलाई १ हजार ८ सय ९६ मतले पछि पारेर प्रदेश सभा सदस्यको यात्रा तय गर्नुभएको हो । महतले १३ हजार ७ सय २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी श्रेष्ठले ११ हजार ८ सय ३१ मत प्राप्त गर्नुभयाे । 

यस निर्वाचन क्षेत्रमा ६१ हजार २ सय ९३ जना मतदाता रहेकामा ३२ हजार २ सय ५७ मतदाताले मतदान गरेका थिए । चुनावमा खसेको मतमध्ये ३० हजार ७ सय ७ मत सदर र १ हजार ५ सय ५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया