प्रतिनिधि सभा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेको प्रतिस्पर्धा : एमालेको अग्रता कायमै

 मंसिर १०, २०७९ शनिबार ७:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधि सभा सदस्य चुनावको समानुपातिकतर्फ पनि कांग्रेस र एमालेको प्रतिस्पर्धा देखिएको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा १ सय ४५ वटाको नतिजा आउँदा कांग्रेसले ४८ र एमालेले ३८ ठाउँमा जितेका छन् । प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ नेकपा एमालेको अग्रता कायमै छ ।

निर्वाचन आयोगको आज बिहान साढे ७ बजेसम्म अद्यावधिक मतपरिणाम अनुसार एमालेले १७ लाख ३७ हजार १३७ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ७३ हजार ४ सय ९९ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ५८ हजार ६ सय १७ मत प्राप्त गरेको छ ।

स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ । माओवादी केन्द्रले अहिलेसम्म ७ लाख ३७ हजार ३ सय ४ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ८८ हजार ७ सय ८५, जनता समाजवादी पार्टी (जसपा) ले २ लाख ७ हजार २७५, नेकपा (एकीकृत समाजवादी) ले १ लाख ५२ हजार ५३९ र नागरिक उन्मुक्ति पार्टीले १ लाख ३७ हजार ५ सय १७ मत प्राप्त गरेको छ ।   

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया