बाँके–१ 'ख' मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी

 मंसिर १०, २०७९ शनिबार ८:१७:४७ | रासस
unn.prixa.net

बाँके - बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेश सभा 'ख' मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ । उहाँले १५ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम् प्रतिस्पर्धी नेपाली कांंग्रेसका फुलाराम थारुले १४ हजार सात सय ८० मत पाउनु भएको छ।

उहाँहरुबीच आठ सय ७७ मतान्तर रहेको छ । बाँके प्रदेश क्षेत्र नंं १ प्रदेश सभा 'ख' मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधि सभा बाँके क्षेत्र नं १ मा नेकपा (एमाले) का सूर्यप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । 

यस निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहनुभएको थियो । 
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया