नुवाकोट–१ (क) मा माओवादीका राधिका तामाङ विजयी

 मंसिर १०, २०७९ शनिबार ८:३०:५७ | रासस
unn.prixa.net

नुवाकोट - नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क) मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ । 

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याउनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिनुभयो । यसअघि त्यही प्रदेश सभाबाट निर्वाचित हुनुभएका तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी हुनुभएको हो ।

यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी) का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गर्नुभयो ।

यही मङ्सिर ४ मा सम्पन्न भएको चुनावमा यस निर्वाचन क्षेत्रमा खसेको कुल ३१ हजार एक सय सात मतगणना हुँदा २९ हजार सात सय ६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया