सप्तरी–४ बाट कांग्रेसका तेजुलाल चौधरी विजयी

 मंसिर १०, २०७९ शनिबार ९:११:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी - सप्तरीको निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार चार सय ९१ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गर्नुभयो । यो नतिजासँगै सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ । जसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक/एक क्षेत्रमा विजयी भएका छन् । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया