रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१  हजार ४ सय ७२ रुपैयाँ

 मंसिर १०, २०७९ शनिबार १२:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावी खर्चकाे विवरण सार्वजनिक गर्नुभएको छ । प्रतिनिधि सभामा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले चुनाव प्रचारप्रसारका क्रममा ११ लाख ८१  हजार  ४ सय ७२ रुपैयाँ  खर्च भएको बताउनुभएको हो  ।

उहाँले सामाजिक सञ्जालमार्फत् चितवन-२ का मतदाताहरुलाई धन्यवाद दिँदै आजबाट विजयको खुसियाली मनाउने  कार्यक्रमहरु सकिएको जानकारी गराउनुभएको छ । 

उहाँले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने बताउनु भएको छ । यसैबीच उहाँले राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज बेलुका चितवनबाट काठमाण्डौ आउने र आजबाटै काममा लाग्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया