मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

 मंसिर १०, २०७९ शनिबार १४:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हुनुहुन्छ ।   

त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले ६ हजार ६ सय १८ र सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया