चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित, विपक्षमा तीन मत

 फागुन २७, २०७९ शनिबार १८:४९:३१ | एजेन्सी
unn.prixa.net

चीनको नयाँ प्रधानमन्त्रीमा ली चियाङ निर्वाचित हुनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङले नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित चियाङलाई त्यहाँको संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको बीबीसीले जनाएको छ ।

चियाङको पक्षमा नेशनल पिपुल्स कङ्ग्रेसका दुई हजार ९ सय ३६ जना र विपक्षमा तीन जनाले मत दिएका छन् । आठ जना अनुपस्थित थिए । ६३ वर्षका चियाङले अब प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेर भोलिदेखि सरकारको नेतृत्व गर्नुहुनेछ । ली अब चीनको राजनीतिक प्रणालीमा दोस्रो उच्च दर्जाका अधिकारी हुनुहुनेछ । उहाँ यसअघि चीनको आर्थिक राजधानी भनिने सांघाइको प्रमुख हुनुहुन्थ्यो ।

व्यवहारवादी नेताका रूपमा परिचित चियाङ राष्ट्रपति सीका नजिकका सहयोगीका रुपमा चिनिनुहुन्छ । सी हिजो तेस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएपछि प्रधानमन्त्रीका रूपमा लीको नियुक्ति भएको हो । ६९ वर्षका सी चीनमा कैयौँ पुस्तापछि सबैभन्दा प्रभावशाली नेता बन्नुभएको छ । शून्य कोभिड नीतिबाट चीन खुला हुँदै गर्दा उनले आफ्नो शासनलाई मजबुत पार्नुभएको हो ।

माओत्सेतुङपछि चीनमा नेताहरू दुई कार्यकाल भन्दा बढी एउटै पदमा रहन नपाउने व्यवस्था राखिएको थियो । तर सीले त्याे व्यवस्थालाई परिवर्तन गरेपछि राष्ट्रपतिमा तेस्रो कार्यकाल शुरु गर्नुभएको हो । उहाँले प्रधानमन्त्री, सभामुख लगायतका पदमा पनि निकट सहयोगीहरुलाई राख्नुभएको छ ।   
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया